सुकुम्बासीले धनीपुर्जा पाउने कुरामा एमालेले आपत्ति जनायो: बिश्वप्रकाश शर्मा

EPIC

बाहुनडाँगी | नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुकुम्बासीले धनीपुर्जा पाउने भए पछि एमालेले आपत्ती जनाएको बताएका छन्।
झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार शर्माले मंगलबार बाहुनडाँगीको बौद्धमोडमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सुकुम्बासीले धनीपुर्जा पाउने बिश्वास समेत दिलाए।

अब्यवस्थीत बसोबास गरिरहनु भएका सबैलाई जग्गाको धनीपुर्जा वितरण गर्ने कार्यमा आफुले पहल गरिरहेको र सबैले धनीपुर्जा पाउने अवस्था बन्दा नेकपा एमालेले बक्तव्य नै निकालेर त्यसको बिरोध गर्नु दुःखद भएको बताए।

Bhatbhateni Supermarket Birtamod
Bhatbhateni Supermarket Birtamod

“सुकुम्बासीहरुलाई धनीपुर्जा वितरण गर्ने कुराको पहल मैले धेरै पहिलादेखी नै गर्दै आएको छु,’ उनले भने, ‘तर एमाले साथीहरुलाई त्यो कुरा मन परेनछ, वहाँहरुले बक्तब्य नै निकालेर धनीपुर्जा पाउने कुराको बिरोध गर्नु भएछ ।’

EPIC

सुकुम्बासी समस्यालाई चुनावका बेला मात्रै नारा बनाउने चुनाव पछि भने संधै बिर्सिने गरेकाले नै समस्या समाधान नभएकाले आफुले चुनाव हारेका बेला पनि निरन्तर समस्या समाधान गर्ने काममा लागेको शर्माले बताए।

EPIC EPIC EPIC

उनले भने, ‘अब सुकुम्बासी समस्या सँधैका लागि समाधान गर्नका लागि जग्गा धनीपुर्जा वितरण कार्य शुरु भएको र त्यसमा मैले बिषेश पहल गरिरहेको छु ।’
आफ्नै पहलमा बुद्धशान्तिको वडा नं. ४ र अन्य वडाहरुको सुकुम्बासीहरुले धनीपुर्जा पाउने अवस्था बनेको शर्माले बताए ।शर्माले धनीपुर्जा पाउन तिर्नुपर्ने मालपोतलाई पनि कम भन्दा कम बनाउने उल्लेख गरे।

EPIC
EPIC EPIC

Leave a Reply

Your email address will not be published. Required fields are marked *