सुनको भाउ एकै दिन एक हजार ६०० ले बढ्यो

काठमाडौं। आज विहीबार एकै दिन सुनको भाउमा प्रतितोला एक हजार ६०० रुपैयाँले बृद्धि भएको छ।

EPIC

हिजो प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ लगातार तेस्रो दिन उकालो लाग्ने क्रममा आज ९२ हजार ६०० रुपैयाँ पुगेको हो। तीन दिनमा सुनको भाउ २ हजार ६०० रुपैयाँ बृद्धि भइसकेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९१ हजार १५० रुपैयाँ कायम छ।

त्यस्तै, सुनसँग बढिरहेको चाँदीको प्रतितोला मूल्य एक हजार २०५ रुपैयाँ तोकिएको छ। हिजो चाँदीको मूल्य एक हजार १८५ रुपैयाँ थियो।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar