सुनको भाउ तोलामा १ हजार बढ्यो

काठमाडौं। सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँले बढेको छ।

EPIC

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रूपैयाँ तोकेको छ। उक्त मूल्य बिहीबारको तुलनामा प्रतितोला एक हजार रूपैयाँ ले बढी हो।

बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो। बिहीबार अघिल्लो दिनको तुलनामा १०० रूपैयाँले मूल्य घटेको भए पनि आज एक हजार रूपैयाँले बढेको छ। आज चाँदीको मूल्य पनि तोलामा ४५ रूपैयाँले बढेको छ। बिहीबार एक हजार २१० रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज बढेर एक हजार २५५ रूपैयाँ पुगेको हो।

विश्व बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि त्यसको असर पर्ने गरेको छ।

EPIC EPIC EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar