Search
Close this search box.
Search
Close this search box.

सुनको मूल्यमा अहिलेसम्मकै भारी गिरावट

काठमाडाैं- शुक्रबार अहिलेसम्मकै सर्वाधिक महँगो बनेको सुनको मूल्य आज आइतबार एकैदिन तोलामा चार हजार रुपैयाँ घटेको छ।  शुक्रबार एक लाख ४५ हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज चार हजार घटेर एक लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


त्यसैगरी तेजाबी सुनको मूल्य आज एक लाख ४० हजार ३ सय कायम भएको छ भने चाँदीको मूल्य एक हजार ८ सय २५ रुपैयाँ कायम भएको छ।  शुक्रबार चाँदी तोलाको एक हजार नौ सयमा कारोबार भएको थियो। आज चाँदी तोलामा ७५ रुपैयाँ घटेको हो। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *