सुनको मूल्य बढ्यो

काठमाडौं – स्थानीय बजारमा पहेंलो धातुको मूल्य बुधबार प्रतितोला रु ५०० ले उकालो लागेको छ। प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ५०० ले उकालो लागेर रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको हो।

EPIC

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन बुधबार रु ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै चाँदी तोलामा नै रु १५ ले वृद्धि भएको छ।

चाँदी तोलामा रु एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो। आज रु एक हजार २६० मूल्य निर्धारण हुने भएको छ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar