Search
Close this search box.
Search
Close this search box.

सुनसरीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु २२ घाइते

सुनसरी । सुनसरीको कोशी गाउँपालिका– ८ स्थित भाण्टाबारीमा आज यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिराहाको धनगढी नगरपालिका– ८ का जिवछ यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

EPIC EPIC EPIC

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४९८८ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादवको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने घाइते भएका सबैलाई उपचारका लागि विराटनगर लगिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *