सुनसरीमा २१ वर्षीया महिला बलात्कृत

सुनसरी। सुनसरीमा २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

EPIC

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-११ बस्ने ४० वर्षीय काशीराम चौधरी रहेका छन्। उनलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो।

काशीरामले ती महिलालाई सोमबार बेलुका बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उनलाई सोही उपमहानगरपालिका-८ चिन्तन चौतारीनजिक प्रहरीले फेला पारेको थियो।

EPIC EPIC EPIC

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar