Search
Close this search box.
Search
Close this search box.

सुन दिने ‘सोनागाछी’ !

।। भुवन तामाङ।।

सोनागाछी । ‘सोनागाछी’ शब्द या नाम सुन्दा, पढ्दा लाग्दछ कि यो सुन दिने रुख या बृक्ष होला । कथाहरुमा कहीँकतै सुन दिने यस्ता रुखबारे अबश्य सुनेका हौँला र एउटा रुख भेट्न पाए र घरमा ल्याएर बारीमा रोपेर चाहेजति सुन टिप्न पाए हुने कल्पना पनि गरिए होलान् ।


सुनखानीबाट सुनै त पक्कै निस्कदैन । कच्चा पदार्थ निस्कन्छ अनि सयौँ जटिल पकृया अपनाएर बल्ल सुनका ढिक्का बनाइन्छ । यहाँ ठ्याक्कै सुनकै कुरा चाहिँ गर्न लागिएको होइन तर जीवनमा सुनजस्तै किमती चिज पाउन मेहनत गर्नुपर्ने बाध्यताका बारेमा स्यानो चर्चा गरिन्छ । त्यो चर्चा हो देह व्यापारको अर्थात कुनै बालिका, युवती या नारी देह व्यापारमा धकेलिन बाध्य हुनु ।


कतिपय अवसरमा हामीले सुनेका छौँ कि महान मानिएका ग्रन्थहरुमा देह व्यापारबारे उल्लेख भएका कुरा । देवताहरुकै समयदेखि देह व्यापार या केही आर्जन गर्न नारीले देह या यौन, पुरुषलाई सुम्पनु परेका कथा । हुँदा हुँदा आजको एक्काईसौँ सताब्दीमा पनि अर्थात देशहरु आर्थिक सम्पन्न भैसकेपनि, जीवन यापन गर्न हजारौँ बिकल्प हुँदा हुँदै पनि र अरबौँ मानिसहरु शिक्षित र सभ्य भैसक्दा पनि देह व्यापार गर्नु परिरहेको छ । धेरै देशहरुमा कानून नै बनाएर देह व्यापारलाई वैध बनाइएका छन् । त्यस्तै देह व्यापार बारे यहाँ छोटो चर्चा गरिन्छ ।


अर्थतन्त्रमा विश्वकै पाँचौ धनी देश भारत अनि सँस्कृति र कलाले सुशोभित भारतको कोलकाता शहरमा वैध रुपमै देह व्यापार हुने गरेका छन् र धेरै युवतीहरुका लागि यो भाग्य मानिन्छ । यहाँ देह व्यापारको जन्म भयो कहाँबाट ? यसबारेमा धेरै तर्कहरु सुनिन्छन् । जसमा ज्यातर मानिसहरु भन्छन् कि पहिलापहिलाका समयमा यहाँ केवल नाच गान हुने गर्दथे । जसलाई कलाको दृष्टिले हेरिन्थ्यो तर समय बित्दैजाँदा कलाको ठाउँ अभिशापले लियो । देशका धेरै भागमा आज पनि कैयन युवतीहरु यस अभिशाप भोग्न बाध्य भएका छन् । तिनै इलाकाहरुमध्ये एक हो कोलकाताको सोनागाछी ।


सोनागाछी :
सोनागाछी कोलकाताको यस्तो ठाउँ हो जसलाई एशियाकै सबैभन्दा ठूलो रेड लाइट एरिया मानिन्छ । यस ठाउँलाई सोनागाछी स्लम भनेर पनि चिनिन्छ । कोलकाता र भारतमा मात्र होइन कि एशियामै सबैभन्दा ठूलो रेडलाइट एरिया मानिन्छ सोनागाछी । यहाँ कैयन समूह छन् जो यस्तै देह व्यापारको धन्धा संचालन गरेर आजिविका चलाउँदछन् ।


सोनागाछीमा १८ वर्षभन्दा कम उमेरका करीब १२ हजार किशोरीहरु, युवतीहरु देहव्यापारमा शामिल हुन बाध्य भएका छन् । फोटोग्राफर सौविद दत्ता यहाँ आए र उनले यहाँको केही खास दृष्यहरु क्यामरामा कैद गरे । ती तस्वीरहरुलाई उनले श्रेणीबद्ध गरे र ‘द प्राइस अफ द चाइल्ड’ नाम दिएका छन् ।
देह व्यापार र देह व्यापार गर्न बाध्यहरुकाबारेमा धेरै चलचित्र पनि बनिसकेका छन् । यो जानेर मानिसहरुलाई आश्चर्य लाग्न सक्छ कि, कोलकाताको रेड लाइट एरियाको विषयमा एक चलचित्र बनेको छ । चलचित्रको नाम हो ‘बर्न् इन्टु ब्रोथल्स्’ । यस चलचित्रलाई ओस्कर सम्मान समेत प्राप्त भैसकेको छ ।


तपाईको दील भरिन्छ :
यसलाई दुर्भाग्य भन्नु गलत हुनसक्छ किनकि यो कुरा कति धेरैको जीवन यापनको माध्यम बनेको छ । जुन उमेरमा आमाहरु आफ्ना छोरीहरुलाई दुनियाको रीतिरिवाज, व्यबहार, लाजशरमबारे सिकाउँदछिन् वहीँ आमाहरु यहाँका बच्चिहरुलाई खुद आपैmलाई बेच्न सिकाउँदछिन् अर्थात देह व्यापारका लागि तयार हुन सिकाउँदछिन् ।
विवशता भनौ या यस्तै । सोनागाछी पु¥याइएका १२ देखि १७ सालका उमेरका केटीहरु मर्दका साथ सुत्न सिकिसक्दछन् । मर्दलाई खुशी पार्न सिकिसक्दछन् । जसका बदलामा उनीहरुलाई दुई डलर या १ सय २४ रुपैँया मिल्दछ । यति रुपैँयाका बदलामा बालिका, किशोरी, युवती र महिलाहरु तश्तरीका खाना बनेर मर्दको टेबलमा पस्किइने गर्दछन् । यस्तो सुनेर कतिपय मानिसहरुको दील भरिएर आउँछ अर्थात आहात बनेर आउँछ । अनि अभिभावक र नातेदारको मन कस्तो बेहाल हुन्छ होला ?


कोही पनि पस्न सक्दैनन् :
सोनागाछी रेड लाईट एरियामा यौनका ग्राहक बाहेक कोही पनि पस्न सक्दैनन् । यहाँसम्म कि पत्रकार र फोटोग्राफर समेतलाई यहाँभित्र आउन दिइदैन ।


प्रत्येक आठ मिनटमा एक बालिका गायब :
भारतमा प्रत्येक आठ मिनटमा एक बालिका गायब पारिन्छन् र उनीहरुलाई कुनै न कुनै किसिमले देह व्यापारमा सामेल हुन बाध्य पारिन्छन् । छिमेकी देशहरुमा पनि यदि बालिका गायब बनाइए भने कोलकाताको सोनागाछी लगिने सम्भावना पनि उतिकै रहने गरेको पाइन्छ ।


देह व्यापारका कारणहरु
:
फोटोग्राफर दत्ताका अनुसार देह व्यापार गरीबी, भ्रष्टाचार र अनैतिकताका परिणाम हुन् । यहाँ ज्यादातर बच्चिहरु स्कुल छुटाएर ल्याइएका छन् । अनि यहाँ देह बेच्ने पाठ पढ्दैछन् । गरीबी, अशिक्षा र कमजोर आर्थिक स्थिति नै देह व्यापारको उपज रहेको जनाइन्छ । देवदासी परम्परा पनि देह व्यापारको एक प्रमुख कारण मानिन्छ । देवदासी यानी यौनदासीका रुपमा युवती, महिलाहरु देह व्यापारमा होमिन बाध्य हुन्छन् । बालविवाह परम्परा पनि एक कारण मानिन्छ । अर्को कारणमा विदेशी पर्यटकहरुको यौन चाहना पूरा गर्नु पनि देह व्यापार हुनुको कारण मानिन्छ । घरायसी काम होस या अन्य काममा राम्रो तलब दिइने प्रलोभन दिएर अभिभावकबाट बालिका, युवती छुटाएर लान्छन् दलालहरुले । भारतमा कानुनी रुपमै हलुका काम गर्न बालबालिका प्रयोग गर्न पाइन्छ । बँधुवा मजदुरका रुपमा बालिकाहरुलाई काममा लगाइन्छ । यसकै बहानामा बालिकाहरुलाई अन्ततः यौन कार्यमा धकेलिन्छन् ।


गतसाल दिल्लीबाट हराएकी बालिका कोलकाताको सोनागाछीबाट उद्धार गरिएको थियो । यसरी कुनै ठाउँबाट बालिका हराएमा धेरैजसो बालिकाहरु कोलकाताको सोनागाछीमा देह व्यापारका लागि पु¥याइने गरिएका पाइएका छन् ।


दरवारमा राख्छु भन्ने कसैसँग मैले विहे गरेँ तर मलाई सोनागाछीमा ल्याएर छाडेर गयो । आउँछु भन्थ्यो तर उ कहिल्यै आएन । म अहिले सोह्र वर्षकी भएकी छु तर म ग्राहकलाई भन्छु कि बीस वर्षकी भएँ । मलाई देह व्यापारमा लगाउने आन्टी मोटी छिन् । म यहाँ आए पछि मलाई नुहाउन भनिन् । लगाउन लुगा दिइन् र खाना खुवाईन । सोचेँ म राम्रो ठाउँमा आएछु तर भयो यस्तो ।’ यस्ता कथाहरु धेरै छन् सोनागाछीमा ।

कोलकातामा ६० हजार भन्दा बढी महिलाहरु देह व्यापारमा धकेलिएका छन् । जसमा ३० हजार जति त बंगलादेशी महिलाहरु रहेका मानिन्छन् । सोनागाछीमा देह व्यापारमा लाग्न बाध्य एक बंगालादेशी किशोरी भन्छिन्, ‘दरवारमा राख्छु भन्ने कसैसँग मैले विहे गरेँ तर मलाई सोनागाछीमा ल्याएर छाडेर गयो । आउँछु भन्थ्यो तर उ कहिल्यै आएन । म अहिले सोह्र वर्षकी भएकी छु तर म ग्राहकलाई भन्छु कि बीस वर्षकी भएँ । मलाई देह व्यापारमा लगाउने आन्टी मोटी छिन् । म यहाँ आए पछि मलाई नुहाउन भनिन् । लगाउन लुगा दिइन् र खाना खुवाईन । सोचेँ म राम्रो ठाउँमा आएछु तर भयो यस्तो ।’ यस्ता कथाहरु धेरै छन् सोनागाछीमा ।


मानिसहरुले कुनै कुरालाई कसरी लिन्छन् ? त्यसैमा भर पर्छ धेरै कुराहरु । देह व्यापार राम्रो हो या नराम्रो ? यो हुनु राम्रो हो या नराम्रो ? यसको परम्परा बस्न दिनु राम्रो हो या नराम्रो । देह व्यापार सुन्दर कला या संस्कृति हो या कुरुपपन र विकृति ? यो सब मानिसहरुको हेर्ने र बुझ्ने शैलीमा भर पर्छ । देह व्यापारमा लाग्न बाध्यहरुको के दोष ? तर देह व्यापारमा लगाउनेहरु भने दोष मुक्त कसरी हुन सक्छन् ? यसलाई वैध बनाउनेहरु कसरी निर्दोष हुन सक्छन् ?


विश्वकै पाँचौ धनि देश भारतले देह व्यापारमा लाग्न बाध्य पारिएकाहरुलाई आर्थिक सहयोग गरेर अर्कै पेशा, व्यावसायमा स्थापित गराउन किन सक्दैन ? चाहँदो हो त भारतले देह व्यापार रोक्न सक्छ । देह व्यापारमा लाग्न बाध्य बालिका, किशोरी, युवती र महिलाहरुमा आर्थिक लगानी गरेर उनीहरुको जीवन यापन सहज पार्न किन सक्दैन या किन चाहँदैन भारत ? देह व्यापारको धन्धा चलाउनेहरुमा आर्थिक लगानी गर्न भारत सरकारलाई के ले रोकेको छ ? भारतको सरकार किन बाध्य छ देह व्यापारलाई वैध बनाउन र कायम राखिराख्न ? यो एक रहस्यको विषय जस्तो लाग्छ ।

.


सोनागाछीले सुन दिइरहेको छ त ?
सोनागाछीले के साँच्चै सुन दिइरहेको छ ? देह व्यापारमा लाग्न बाध्य भएर कमाएको त्यो थोरै धनमा ती बालिका, किशोरी, युवती या नारीहरुलाई चित्त बुझ्दछ ? के यस्तो उद्यमले व्यक्ति, समाज र देशलाई सुन दिन्छ त ? यो प्रश्न सरोकारवालाहरुलाई नै छाडिदिऔँ ।


विभिन्न स्वरुप र नाममा प्राचीन कालदेखि नै देह व्यापारको अस्तित्व रहेको पाइन्छ । ती जुनसुकै कारणले अस्तित्वमा रहेपनि अब चाहिँ नरहे हुन्थ्यो । किनकि आजको विकसित र शिक्षित विश्वमा रोजगारीका कैयन माध्यमहरु छन् । जसलाई सरकारहरुले सजिलै प्रबर्धन गर्न सक्दछन् । आफ्ना नागरिकहरुलाई विभिन्न उद्यममा सजिलै स्थापित गराउन सक्छन् ।


कामना गरौँ कि, सोनागाछीमा हुने देह व्यापार रोकियोस् । देह व्यापारमा लाग्न बाध्यहरुलाई अन्य उपयुक्त आजिविका या उद्यममा स्थापित गरियोस् । उनीहरुको जीवन सहज, सरल र सम्मानजनक रुपमा स्थापित गरियोस् । कुनै ठाउँ स्लम या रेड लाईट एरिया भनेर किन चिनियोस् ? तिनका नाम अरु नै उद्यमको नामबाट चिनियोस् । हुनसक्छ भने, कुनै पनि देशबाट मात्र किन ? संसारबाटै देह व्यापार निर्मुल गरिओस् र सबैले सजिलै जीवन यापन गर्न पाउन्, सुखी, खुशी र समृद्ध बनुन् । (अनलाईनहरुको सहयोगमा)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *