इबोला जोखिमः नेपालमा उच्च सतर्कता

काठमाडौँ, जेठ १९ गते । अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । अफ्रिकी मुलुकहरूमा इबोला सङ्क्रमण देखिएपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका कार्यलाई तीव्र बनाएको जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इबोला सङ्क्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढाइएको बताउनुभयो ।

EPIC EPIC EPIC

उहाँले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा सङ्क्रमण नियन्त्रणका उपायहरूको समीक्षा गर्दै मातहतका अस्पताल, प्रयोगशाला र रोग नियन्त्रणसम्बन्धी निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो । साथै, मन्त्रालयले सङ्क्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशबिन्दुहरूमा स्वास्थ्यकर्मी परिचालन गरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार प्रवेशबिन्दुहरूमा यात्रुहरूको स्वास्थ्य निगरानी, सङ्क्रमणसम्बन्धी अभिमुखीकरण, शङ्कास्पद बिरामीको परीक्षण तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सरुवा रोग अस्पतालहरूसँग समन्वय गरिएको छ ।

सहायक प्रवक्ता अधिकारीले स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राष्ट्रियस्तरको इमर्जेन्सी मेडिकल टिमलाई समेत सक्रिय बनाइएको जानकारी दिनुभयो । उहाँले डब्लुएचओको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअनुसार विभिन्न देशसँग सूचना आदानप्रदान र सहकार्य भइरहेको बताउँदै तत्काल नेपालमा इबोला सङ्क्रमणको भय नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “इबोला भाइरस अफ्रिकी देश कङ्गो र युगाण्डामा बढी देखिएपछि विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गरेको छ । सोहीअनुसार स्वास्थ्य मन्त्रालयले परीक्षण क्षमता, उपचार तयारी र स्वास्थ्यकर्मीको दक्षतासम्बन्धी काम अघि बढाएको छ । सम्भावित प्रवेशबिन्दुहरूमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर परीक्षण तथा व्यवस्थापनका तयारी गरिएको छ । इमर्जेन्सी मेडिकल टिम सक्रिय बनाइएको छ । हाल तत्काल आत्तिनुपर्ने अवस्था छैन ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च