Search
Close this search box.
Search
Close this search box.

सुपर ओभरमा कोलकाता भाग्यमानी

अबुधाबी, एजेन्सी / कोलकाता नाइट राइडर्सले आइतबार इन्डियन प्रिमियर लिगमा (आईपीएल) मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । त्यसमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो ।

हैदरावादले भने पहिले ब्याटिङ गर्दै २ रन मात्र बनाएको थियो । त्यसमा लकी फर्गुसनले घातक बलिङ गरे । यसअघि २०/२० ओभरको खेल टाइ भएको थियो । कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

त्यसको जवाफमा हैदरावादले ६ विकेट गुमाएर ठ्याक्कै १ सय ६३ रन बनायो । हैदरावादले नयाँ ब्याटिङ जोडी उतारेको थियो । यसक्रममा जोनी बियरस्टो र केन विलियम्सनले पहिलो विकेटका लागि ५८ रनको सोझदारी गरे ।

कोलकाताका लागि भने खाली दुई ब्याट्सम्यानले ३० रनभन्दा माथिको स्कोर बनाए । त्यसमा कप्तान इओन मोर्गनको ३४ र प्रारम्भिक ब्याट्सम्यान शुभमन गिलले ३४ रन बनाएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *