सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । आइतबार बढेको बजारमा दोस्रो दिनमै करेक्सन आएको हो ।

सोमबार बजार ३४.९५ अंकले घटेर २३८६.०१ विन्दुमा झरेको छ । सोमबार कारोबार रकम भने २ अर्ब नाघेको छ । सोमबार कुल २३९ वटा कम्पनीको ४६ हजार ४०१ वटा कारोबारबाट ५० लाख ४७ हजार ७६९ कित्ता शेयर किनबेच भएको छ ।

EPIC EPIC EPIC

एनआइबीएल प्रगति फण्ड, आरबीबी म्यूअल फण्ड र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समेत धेरै बढ्नेमा रहृयो । सोमबार सेन्ट्रल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै (५.३३ प्रतिशत) घट्यो । २० रुपैयाँ प्रतिकित्ता घटेको यस कम्पनीको शेयर मूल्य ३५५ रुपैयाँमा झरेको छ ।

रसुवागढी हाइड्रो, ङ्यादी हाइड्रो, सामलिङ पावरसहितका कम्पनीको मूल्य धेरै घट्नेमा अगाडी रहृयो । यस दिन अरुण भ्याली हाइड्रोको शेयर सबैभन्दा धेरै किनबेच भएको छ । दोस्रोमा शिवम सिमेन्ट रहृयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *