Search
Close this search box.
Search
Close this search box.

सोमबारबाट दोस्रो चरणको खोप अभियान, प्राथमिकतामा कूटनीतिक कर्मचारी र पत्रकार

काठमाडौं – सरकारले दोस्रो चरणको खोप अभियान भोलिबाट शुरु गर्ने भएको छ । माघ १४ गतेदेखि माघ २४ गतेसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान शुरु गर्न लागिएको हो ।

दोस्रो चरणमा दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको छ । काठमाडौंको सिभिल, शिक्षण, सहिद गंगालाल र ललितपुरको पाटन अस्पतालमा दोस्र्रो चरणको खोप लगाइने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।

सिभिल अस्पतालमा पत्रकारलाई र पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

शिक्षण अस्पताल महारागन्ज र बाँसबारीस्थित सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति तथा विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइने भएको छ । सोमबारदेखि शुक्रबारसम्म खोप लगाइसक्ने तयारी छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववाहन चालक, महिला स्वास्थ्य स्वंसेविका, सरसफाइकर्मी, जेलका कैदी, वृद्धाश्रममा बस्ने र उनीहरूको स्याहारमा खटिने, त्रिभुवन विमानस्थलका कर्मचारीलाई खोप दिइएको थियो ।

भारत सरकारले १० लाख खोप अनुदानमा उपलब्ध गराएको थियो । यसमध्ये पहिलो चरणमा खोप लगाएर पनि ८ लाखभन्दा बढी डोज बाँकी छ ।

त्यस्तै कोभ्याक्स सुविधाअन्तर्गत नेपालका करिब तीन प्रतिशत नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप तीन साताभित्र आउने भएको छ ।

नेपालले पाउने खोपमध्ये पहिलो चरणमा २२ लाख ५६ हजार मात्रा अक्सफोर्ड र अस्ट्राजेनेकाको खोप आइपुग्ने भएको हो । कोभ्याक्सले चार चरणमा नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप निःशुल्क उपलब्ध गराउनेछ  ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *