काठमाडौं। सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आजबस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने भएका छन्।
मन्त्री श्रेष्ठले आज मन्त्रालयमा सरोकारवालाहरुलाई बोलाई कोरोना संक्रमित बढ्दै गरेका बेला शैक्षिक संस्था बन्द गर्ने कि नगर्ने विषयमा छलफल गरेका थिए।
छलफलमा अधिकांश सरोकारवालाले सीसीएमसीको बैठकमा मुख्य सरोकार राख्ने मन्त्रालयका मन्त्रीसँगको छलफल गरेर मात्र निर्णय गर्नुपर्ने विषय उठान गरेका थिए।