स्टेज क्युइन ‘बिचार गर छुनलाई’को चर्चा बजारमा

काठमाडौं। नेपाली लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका मञ्जु पौडेलले ‘बिचार गर छुनलाई’ बोलको नयाँ गीत बजारमा ल्याएकी छन् । श्रीकृष्ण बम मल्लको लय शब्द रहेको गीतको आवाजमा मञ्जुलाई गायक प्रताप दासले साथ दिएका छन् ।

स्टेज उद्घोषिकाका रुपमा समेत मञ्जु चर्चित छिन् । लामो समयपछि ‘बिचार गर छुनलाई’ ल्याउँदै उनले कमब्याक गरेकी छन् । हत्तपत्त गीत नल्याउने, ल्याएपछि बजार तताउने मञ्जुको विशेषता नै हो । यसपटक पनि उनी आशावादी छिन् ।

EPIC EPIC EPIC

पछिल्लो युवा पुस्तालाई मध्यनजर गर्दै ल्याइएको यस गीतमा माया प्रेम गरेपछि एकअर्कालाई धोका दिन नहुने सन्देश दिन खोजिएको छ । कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा गायक प्रतापसँगै गायिका मञ्जुकी छोरी स्नेहा पौडेलको अभिनय रहेको छ । भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका छन् । मञ्जु पौडेलको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको यस गीतले छोटो समयमै दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

कुनैसमय तीज गीत होस् की होलीको गीत या बेमौसमी सबै क्षेत्रमा मञ्जुले एक छत्रराज गरेकी थिइन् । साँच्चै भन्नुपर्दा उनले गाएकै गीत ‘धुँवा सरी’ जसरी उनको चर्चा चुलिएको थियो । त्यो चर्चा आज पनि उनले यथावत् राख्न सफल भएकी छन् । दर्जनौं गीत रेकर्ड गराएकी मञ्जुले तीज र पञ्चे बाजाका थुप्रै गीतमा स्वर दिएकी छिन् ।

‘स्टेज क्वीन’को नामले पनि परिचित मञ्जुलाई स्वदेश तथा विदेशका कार्यक्रममा गीत गाउन बोलाउँदा आयोजकलाई फाइदा के हुन्छ भने उद्घोषक खोजिरहनु पर्दैन । किनकी उनी एक चर्चित स्टेज उद्घोषिका पनि हुन् । हुन त मञ्जु आफूलाई ‘स्टेज पर्फमर’ भन्न पनि रुचाउँछिन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *