स्थानीय तहमा खटाइयो एकैचोटी ५१४ कर्मचारी

काठमाडौं । लामो समयदेखि कर्मचारी अभाव झेलिरहेको स्थानीय तहमा एकैचोटी ५१४ कर्मचारी खटाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट पास गरी आएका नयाँ कर्मचारी र अन्तर स्थानीय तह कामकाजका लागि निवेदन दिएका कर्मचारीलाई खटाइएको मन्त्रालयले जानकारी दिएको छ ।

EPIC EPIC EPIC

मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार गत शनिबारसम्म मन्त्रालयमा आएको निवेदनको आधारमा कर्मचारी खटाइएको हो । नयाँ पदस्थापना भएका र सरुवा भएका कर्मचारीहरु कामकाजमा खटाइएको पत्र इमेलबाट बुझेर सिधै स्थानीय तहमा हाजिर हुनसक्नेछन् ।

मन्त्रालयले खटाइएको कर्मचारीमा अधिकांश अधिकृत स्तरका छन् । हार्डकपीको लागि भनेर मन्त्रालयमा नआउनसमेत सामान्य प्रशासनले निर्देशन दिएको छ ।

मन्त्रालयले सबै स्थानीय तहहरुमा सहमति र सम्झौता नै गरेर कर्मचारी पठाएता पनि केहि स्थानमा कर्मचारीहरु पठाउन समस्या भएको विडारीले बताए । २१ जना कर्मचारी भने हाजिर हुन नसक्ने वातावरण सिर्जना भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित स्थानीय तहको प्रमुखको हस्ताक्षर नभएको सहमति पत्र, स्थानीय तहले सहमति भंग गरेको, सहमतिमा दरबन्दी रिक्त नभएको उल्ल्लेख भएको र कतै सम्बन्धित पालिकाले सहमति नै नगरेको विज्ञप्तीमा जनाइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *