Search
Close this search box.
Search
Close this search box.

स्याङ्जामा विद्यार्थीको ‘हातमा होइन खाता’मा अभियान सुरु

स्याङ्जा। ‘हातमा होइन खाता’मा भन्ने उदेश्यसहित स्याङ्जा फेदीखोला गाउँपालिकाका सबै सामुदायीक विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको बचत खाता खोल्ने अभियान सुरु गरिएको छ ।

शिशु कक्षा देखि १२ कक्षासम्म पढ्ने झण्डै दुई हजार विद्यार्थीको खाता संचालन गर्न पालिकाले कार्यविधी राजपत्रमा प्रकाशित गर्दै यो अभियान शुरु गरेको हो । यो कार्यक्रम लागूभएसँगै विद्यार्थीले पाउने पुरस्कार, छात्रबृति, अक्षयकोष लगायतको सहयोग रकम सिधै विद्यार्थीको खातामा जम्मा हुनेछ ।

साझेदारीमा विद्यार्थी वचत खाता संचालन कार्यविधि २०८० राजपत्रमा प्रकाशित गर्दै विद्यार्थीको खाता निशुल्क खोलिने भएको हो । फेदीखोला गाउँपालिका र प्राईम कमर्सियल बैंकको साझेदारीमा खोलिएको खातामा बैँकले एकसय र पालिकाले एक सय गरी दुई सय रुपैँया जम्मा हुनेछ ।

‘हातमा होइन खाता’मा भन्ने उदेश्यसहित विद्यार्थीलाई बचत गर्ने बानीको विकास र भविष्यको जोखिम निराकरण गर्न यो कार्यक्रम संचालन गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीको भनाई छ ।

आफ्ना सन्ततीको भविष्यको जोखिम कम गर्न अभिभावकले पनि दायित्वस्वरुप मासिक न्युनतम एक सय रुपैँया विद्यार्थीको खातामा राख्ने नियम लागू गरिएको छ । यो अभियानले आफ्ना बच्चाको उच्च शिक्षालाइ राहत पुग्ने अभिभावकको विश्वास छ ।यो कार्यक्रम पहिलो चरणमा सिद्धार्थ मा.बि.बाट सुरु गरिएको छ भने क्रमिक रुपमा यहाँका सबै सामुदायिक विद्यालयमा लागू हुनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *