स्रष्टा सम्मानसहित भानु जयन्ती मनाउने तयारी गर्दै साहित्य चौतारी

बिर्तामोड । साहित्य चौतारी झापाले २३औँ वार्षिकोत्सव तथा २०९औँ भानु जयन्तीको अवसरमा पूर्वका एक जना स्रष्टालाई विशिष्ट सम्मान गर्ने भएको छ ।

साहित्य चौतारीले हिकोला हेरिटेजमा आज पत्रकार सम्मेलन गर्दै संस्थाले असार ३१ वार्षिकोत्सवसँगै भव्यरुपमा भानु जयन्ती मनाउने क्रममा एक जना स्रष्टालाई विशिष्ट सम्मान गर्ने जानकारी दिएको हो । चौतारीका संरक्षक देवीभक्त श्रेष्ठका अनुसार संस्थाले यसवर्ष पूर्व क्षेत्रका शास्त्रीय संगीतका प्रशिक्षक कुशेश्वर राईलाई विशिष्ट सम्मान गर्ने भएको छ । उनी विराटनगर निवासी हुन् ।

EPIC EPIC EPIC

साहित्य, कला, संगीतलगायतका क्षेत्रको संरक्षण र सम्वद्र्धन गर्दै आएको साहित्य चौतारीले सो अवसरमा नौमती बाजासहित नगर परिक्रमा गर्ने संस्थाकी सचिव साहित्यकार खगेन्द्रा खुसीले जानकारी दिइन् ।

२०५६ साल असार ३१ गते स्थापना भएको यस संस्थाले आफ्नो रजत वर्ष भव्यताका साथ मनाउने योजना पनि अघि सारेको छ । आगामी कार्य योजनामा संस्थाले स्मारिका प्रकाशन गर्ने, खेलाडीलाई प्रोत्साहनका निम्ति झापा गोल्डकपमार्फत ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने र मासिक सांगीतिक काव्य सभालाई निरन्तरता दिने समेटेको छ ।

संस्थाका संगीततर्फका उपाध्यक्ष तथा वार्षिकोत्सव आयोजनाका संयोजक दिपक रायामाझीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यतर्फका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत गरेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *