स्रोत नखुलेको एक करोड ४७ लाखसहित दुई जना पक्राउ

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपलिका-२ नागढुंगाबाट स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रूपैयाँसहित दुई जना पक्राउ परेका छन्।

EPIC

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारतको गोरखपुर बस्ने ३० वर्षीय अमितकुमार गुप्ता र कपिलवस्तुको वाडगंगा नगरपालिका-४ बस्ने २२ वर्षीय संगम थारू रहेका छन्।

कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको कारलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारभित्र तीनवटा झोलामा लुकाएर ल्याएको उक्त रकम फेला परेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

EPIC EPIC EPIC

प्रहरीले दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गर्ने तयारी गरेको छ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar