‘स्वर्गको फूल’ गुलमोहरले ढकमक्क सजिएको बुद्धशान्तिको बर्ने

तीर्थ तिम्सिना, बुद्धशान्ति (पालिका सन्देश) । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपनाम दिइन्छ । मेची राजमार्गको बर्ने–कालिखोला सडक खण्डमा फक्रिइरहेका यी फूलनजिक पुग्दा भने लाग्छ– बर्ने त स्वर्ग नै हो कि ! अर्थात्, गुलमोहरले बुद्धशान्तिको बर्ने स्वर्गझैं सिँगारेको छ ।

गुल्मोहरले यतिबेला धेरैलाई मोहित पारेको छ । चिया बगान सडकछेउमा फुलेका गुलमोहरको फूल मनै लोभ्याउने दृष्य बनेको छ । सडकको छेउछाउमा रातै भएर फुलेका गुलमोहरले बुद्धशान्तिलाई साँचिक्कै स्वर्गको आभाष दिलाएको छ । सुन्दर बर्ने चिया कमान झन् सुन्दर बनेको छ ।

EPIC EPIC EPIC

‘फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ,’ गुलमोहरमा सेल्फी लिँदै गरेकी झापा धुलाबारीकी समिक्षा गौतमले भनिन्, ‘प्रकृतिको यति अनुपम दृश्य अन्त कहाँ पाइन्छ र ?’उनी मात्र होइनन्, अहिले बर्नेमा रातै भएर फूलेको गुलमोहरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्नेको भीड लाग्ने गरेको छ । यहाँ जो कोहीले आफ्ना तस्बिर कैद गर्न छुटाउँदैनन् ।
हरेक वसन्त ऋतुमा बुद्धशान्तिको सौन्दर्यता थप्ने ‘गुलमोहर’ले यो वर्ष पनि ढकमक्क बनाएको छ । कोरोना कालको माहामारीको समयदेखी चर्चा बटुलेको यो रुख यतिबेला मेची राजमार्ग मात्रै होइन धेरै नेपाली र केही भारतीय नागरिकका सामाजिक सञ्जाल, टिकटकमा समेत ढक्कमक्क फूलेको छ । फेसबुकमा भाइरल भएको देखेर पारिवारिक घुमघाम गर्न इलामबाट आएको सुमन अधिकारीको परिवारले झन्डै तीन घण्टा शिरिषको फेदमा बिताए । उनीमात्रै होइन् पूर्वीनामा काँकरभिट्टाबाट गाडी नै रिर्जव गरेर मनिष रसाइलीको परिवार समेत गुलमोहरमा टिकटक बनाउन आए ।

पछिल्लो समय रुखको आडमा आएर शितलता लिने, फोटो खिच्ने र टिकटक बनाउने र सामाजिक सञ्जालमा अपलोड गर्ने क्रम बढ्दै गएको छ । दुई–तीन बर्ष अघि देखि मात्रै यसरी सामाजिक सञ्जालबाट यस क्षेत्रको प्रचारप्रसार भएको स्थानीय दिनेश तिम्सिना बताउँछन् । पछिल्लो वर्षदेखी अत्याधिक भिड बढ्न थालेपछि स्थानीय निकायले पनि यतिबेला यो क्षेत्रलाई चासोपुर्वक हेर्न थालेको छ ।

बुद्धशान्ति गाउँपालिकाले सो क्षेत्रको अघिल्लो आर्थिक बर्षमा ६ लाख बराबरको भुइँमा ब्लक ओछ्याएको छ भने वडा नं ४ ले चार लाख मुल्य बराबरको प्रतिक्षालय निर्माण गरेको थियो । गाउँपालिकाले बाह्रैमास पर्यटकलाई भित्र्याउन सो क्षेत्रबाट देवीबस्ती जानेबाटोमा करिव ३० लाख लागतमा ब्लक ओछ्याइने र घोडा सयर गर्ने किसमिको बाटो तयार गरिने बताए । उनले सो क्षेत्रमा सिजनमा मात्रै व्यापार गर्ने भन्दा बाह्रैमास व्यापार गर्ने ४ जना व्यवसायीलाई ४ थान व्यपारीक ठेला समेत हस्तान्तरण गरेको बताए । आगामी दिनमा व्यापार गर्ने बढेमा अझ वितरण गर्ने समेत बताए ।

शनिवारका दिन गुलमोहरमा तस्बिर लिने करिव १० हजार रहेको आँकलन गरिएको छ । हरेक दिन २ हजार बढीले उक्त रुखमा फोटो खिच्दै आएका छन् । गुलमोहरको सुन्दरताले अहिले बुद्धशान्ति सहित झापाका विभिन्न स्थान रंगीन बनेका छन् । सोमबार सो क्षेत्रमा गाउँपालिकाको आयोजनामा सरसफाई कार्यक्रम समेत गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *