Search
Close this search box.
Search
Close this search box.

हमासले थप १७ जनालाई छाड्यो, नेपालका विपिन जोशी परेनन्

काठमाडौं । प्यालेस्टिनी चरमपन्थी समूह हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त बनाएको छ । तर नियन्त्रण मुक्त भएकाको सूचीमा नेपालका विपिन जोशी छैनन् ।

हमासले १३ इजरायली र ४ थाई नागरिकलाई मुक्त गरेको बीबीसीले जनाएको छ । त्यसको बदलामा इजरायलले ३९ प्यालेस्टिनीलाई छोडेको छ । इजरायलले छाडेका ३९ जनामध्ये ६ जना महिला छन् । अरु सबै १८ वर्षभन्दा कम उमेरका रहेका छन् ।

उनीहरुलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आईसीआरसी)का प्रतिनिधिहरुले बस चढाएर वेष्ट बैंकको बैतुनिया शहरतर्फ लगिरहेको भिडियो फुटेज देखिन्छ ।

कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर सम्झौता भएको थियो । उनीहरुबाट मुक्त गरिएकाहरुलाई आईसीआरसीको जिम्मा लगाउने गरिएको छ ।

पहिलो पटक गत शुक्रवार हमासले १३ इजरेली, १० थाई र एक फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो । दोस्रो पटक हमासले थप १७ जनालाई नियन्त्रणबाट मुक्त गरेको र इजरायलले ३९ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको इजरायल डिफेन्स फोर्सले पुष्टी गरेको छ । हमासले छाड्ने बन्धकहरुको तुलनामा तेब्बर संख्यामा इजरायलले बन्दीहरुलाई मुक्त गर्दै आएको छ ।

नेपालको कञ्चनपुरका विपिन जोशीलाई पनि बन्धक बनाएको बताइएको छ । तर उनी रिहा हुने/नहुने अझै थाहा हुन सकेको छैन । यद्यपि परराष्ट्र मन्त्रालय र तेल अविवस्थित नेपाली दूतावासका अधिकारीहरुले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी राखेको जनाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *