झापा । हरिबोधनी एकादशी तथा तुलसी विवाहका अवसरमा झापाको कचनकवल गाउँपालिकाले शुक्रबार स्थानीय बिदा दिएको छ । गाउँ कार्यपालिकाको बैठकले निर्णय अनुसार बिहीबार एक सुचना जारी गर्दै हरिबोधनी एकादशी तथा तुलसी विवाह हर्सोल्लासका साथ मनाउन भन्दै बिदा दिएको हो । राष्ट्रिय विदा नभएता पनि गाउँपालिकाले पर्व महत्वका साथ सार्वजनिक संस्थाहरुलाई विदा दिएको छ ।