हलेसी ट्रेडलिङ्कले बजारमा ल्यायो बजाजको बिएस सिक्स अटो

झापा । हलेसी ट्रेड लिङ्कले बजाजको तीन पाङ्ग्रे अटो बजारमा ल्याएको छ ।

EPIC

बिहीबार पत्रकार सम्मेलन गरी नेपालका लागि बजाज अटो लिमिटेड, भारतको आधिकारिक वितरक गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ बजाज तीन पाङ्ग्रे अटो आरई बिएस सिक्स बजारमा ल्याएको हो ।

झापाको बिर्तामोडस्थित हलेसी ट्रेड लिङ्कमा आज आयोजित कार्यक्रममा हलेँसी ट्रेड लिङ्कका पहिलो ग्राहक राजकुमार राय र मोहनबहादुर कार्कीलाई कम्पनीका सञ्चालक दम्पत्ती चुणामणि र रचना पौडेलले कदर पत्रसहित सम्मान गरेका थिए ।

कम्पनीका सञ्चालक पौडेल दम्पत्ती तथा सम्मानित अटोरिक्सा व्यवसायीद्वयले नयाँ अटोको अनावरण गरेका थिए । कम्पनीका मेनेजर गणेश गौतमले सञ्चालन गरेको कार्यक्रममा हलेसी ट्रेड लिङ्कका सञ्चालक पौडेलले स्वागत गर्दैै भारतबाट उत्पादित बिएस सिक्स मोडलको अटोका विभिन्न १०वटा फिचर सम्बन्धी जानकारी गराएका थिए ।

EPIC EPIC EPIC

उनले भर्खर बजारमा आएको बजाज अटोको मुल्य पहिलाको भन्दा ३० हजारले वृद्धि भई ५ लाख ६४ हजार ९०० रुपैयाँ कायम गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

EPIC

नयाँ डयास् बोर्डमा एफएम तथा एमपी थ्री जडान गरिएको आरईमा धेरै स्टाइलिश फिचरहरु राखिएको छ ।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar