हल्दिबारीबाट १३ जना जुवाडे पक्राउ

झापा। झापाको हल्दिवारीबाट १३ जना जुवाडे पक्राउ परेका छन् । गएराति १०ः३० बजेको समयमा हल्दिबारी –१ गोलधाप बजार बस्ने गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नगद ८३ हजार २८५ ,कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच मोबाइल ११ र किप्याड २ थान बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा हल्दिबारी– १ बस्ने वर्ष ६३ का यज्ञराज त्रिताल, सोही ठाउँ बस्ने वर्ष ४५ का वीरबहादुर गुरुङ, वर्ष ४२ का रामनाथ साह, वर्ष ६१ का भानुभक्त नेपाली, वर्ष ६२ का अशोक राई, वर्ष ६१ का सरोज दाहाल, वर्ष ३८ का प्रकाश गिरी ,बिर्तामोड– ५ बस्ने वर्ष ५२ का राजन चुँडाल, भद्रपुर १० बस्ने वर्ष ५५ का राजेन्द्र तुलाधर, सोही ठाउँ बस्ने वर्ष ४३ का माधव भट्टराई, वर्ष ५८ का रामबाबु राउत, वडा न. ८ बस्ने सुवास न्यौपाने लगायत रहेका छन् । उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।

EPIC EPIC EPIC EPIC EPIC

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *