Search
Close this search box.
Search
Close this search box.

हल्दिबारीमा मोटरसाइकल दुर्घटना: तीन घाइते, एक गम्भीर अवस्थामा

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. २ मा आज साँझ भएको मोटरसाइकल दुर्घटनामा ३ जना घाइते भएका छन् ।

हल्दिबारी गाउँपालिका २ स्कुल चोक पश्चिम राकुरा चिया फ्याक्ट्री अगाडि मे १० प ३४४६ नम्बरको मोटरसाइकलले प ०१-०१-१८-प३७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा अन्दाजी ४० बर्षिय टिकाराम राजवंशी र उनका १० बर्षिय छोरा निश्चल राजवंशी घाइते भएका छन् ।

EPIC EPIC EPIC

बाह्रदशी ७ सिमलचोकका राजवंशी बाबू छोरा हल्दिबारीबाट आफन्त भेट गरी घर फर्कदै थिए । बाबुको अवस्था सामान्य रहेको छ भने छोराको दाहिने हात भाच्चिनुका साथै घुडा र आँखाको माथिल्लो भागमा चोट लागेको प्रहरीले जनाएको छ । छोराको थप उपचारको लागि स्थानीय मेडीहोम अस्पतालबाट रिफर गरि अन्यत्र पठाइएको हल्दिबारी कार्यपालिका सदस्य बिजय राजवंशीले बताए ।

त्यसैगरी मे ११ प ८७४७ नम्बरको मोटरसाइकलले स्थानिय शम्भु चोकमा पैदल यात्रीलाई ठक्कर दिदा अन्दाजी ५५ बर्षिय पुर्सुङ तामाङ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र मेडीहोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका ३ वटै मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *