Search
Close this search box.
Search
Close this search box.

हल्दिबारी गाउँपालिकाद्वारा गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा

झापा। झापाको हल्दिबारी गाउँपालिकाले गर्भवती महिलालाई नगदसहित निःशुल्क एम्बुलेन्स र ल्याब सेवा प्रदान गर्दै आएको छ। स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले ‘सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम’ सञ्चालनमा ल्याएको हो।

गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार कार्यक्रमले विशेषगरी विपन्न नागरिकलाई ठूलो राहत पुर्‍याएको छ। “गर्भवतीलाई स्वास्थ्य संस्थामा प्रसुती गराउन प्रेरित गर्नका लागि यो कार्यक्रम सुरु गरेका हौं,” उनले भने।

EPIC

कार्यक्रम अन्तर्गत, आठ पटक नियमित गर्भ जाँच गराउने महिलालाई रू दुई हजार प्रोत्साहन रकम प्रदान गरिन्छ। साथै, गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ भने पालिका बाहिर सेवा लिनेमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ। ल्याब सेवासमेत निःशुल्क गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश खतिवडाले जानकारी दिए।

२०८०/०८१ मा २ सय २१ महिलालाई लाभ

गएको आर्थिक वर्ष २०८०/०८१ मा २ सय २१ महिलाले सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रमअन्तर्गत लाभ उठाएका छन्। यस क्रममा महिलालाई कुल रू चार लाख ४२ हजार वितरण गरिएको छ।

विपन्न नागरिकका लागि उपचार सहयोग

गाउँपालिकाले विपन्न नागरिकको उपचारमा सहयोग पुर्‍याउन ‘जनता उपचार कोष’ स्थापना गरेको छ। गत आर्थिक वर्षमा ७१ जनालाई उपचार खर्चका लागि कुल रू पाँच लाख २८ हजार सहयोग गरिएको छ। चालू आर्थिक वर्ष २०८१/०८२ मा हालसम्म १६ जनाले कोषबाट रू एक लाख पाँच सय लाभ पाइसकेका छन्।

गाउँपालिकाले स्थानीय स्तरमा स्वास्थ्य सेवा प्रभावकारी बनाउँदै नागरिकको जीवनस्तर उकास्न ‘सुरक्षित प्रसुती प्रोत्साहन कार्यक्रम’ र ‘जनता उपचार कोष’ जस्ता कार्यक्रमलाई प्राथमिकता दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *