हल्दिबारी। झापाको हल्दीबारी गाउँपालिकाको आधारभूत अस्पतालमा थाइराइड परिक्षण उपकरण सञ्चालन गरेर सेवा विस्तार गरिएको छ। गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले आज (मंगलबार) उपकरणको उद्घाटन गर्दै सेवा विस्तार गर्नुभएको हो ।
हल्दीबारी गाउँपालिकामा अव थाइराइड, भिटामिन डि, बि १२ लगायतका स्वास्थ्य सेवा परिक्षण गर्न सहज हुने पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिनुभयो ।
यो सेवाले स्थानीयलाई स्वास्थ्य जाँचका लागि टाढा जानुपर्ने बाध्यता हटाउँदै सुलभ र सरल स्वास्थ्य परीक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।