हल्दीबारी गाउँपालिकामा सार्वजनिक सुनुवाई: कृषि, पूर्वाधार र सामाजिक समस्या समाधानमा जोड

हल्दीबारी – हल्दीबारी गाउँपालिकामा आज (सोमबार) सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा पालिकासँग सम्बन्धित चासो, गुनासा र समस्याहरूमा छलफल गरिएको थियो।

कार्यक्रम गाउँपालिकाको आयोजना तथा नागरिक एफएमको सहजीकरणमा सम्पन्न भएको हो। सुनुवाइका क्रममा स्थानीय सरोकारवालाहरूले विभिन्न विषयमा प्रश्न उठाएका थिए।

EPIC EPIC EPIC

स्थानीय टीका पोखरेलले कृषि विकासका लागि कोल्डस्टोर र बीउ बिजनको आवश्यकता औंल्याए भने सुदिप गिरीले हुलाकी सडक अन्तर्गत रहेका खाल्डाखुल्डीको मर्मतसम्भार र पालिकाको वेबसाइटमा कार्यपालिकाका निर्णय, सभा निर्णय र वार्षिक बजेटजस्ता महत्वपूर्ण विवरण अपलोड नगरिएको विषयमा ध्यानाकर्षण गराए।

यस्तै, सामुदायिक विद्यालयहरूको विद्युत महसुल, खानेपानी महसुल र परीक्षा शुल्क व्यवस्थापनको विषयमा चासो व्यक्त गर्दै पत्रकार नेत्रबिक्रम बिमलीले लागू औषध नियन्त्रण, बढ्दो चोरीका घटना र आत्महत्याका विषयमा गम्भीर ध्यानाकर्षण गराए।

कार्यक्रममा मञ्जु दाहाल, विजय लावती, सुरेशकुमार भट्टराई, पदमबहादुर तामाङ, कुमार बजगाईं, र शिक्षक अर्जुन भट्टराई लगायतका सरोकारवालाहरूले विभिन्न प्रश्न र सुझावहरू राखेका थिए।

सुनुवाई कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनालीसहित सबै वडाका वडाध्यक्ष, वडा सचिव, शाखा प्रमुख र कर्मचारीहरूको उपस्थिति थियो। कार्यक्रममा उठेका चासो र गुनासाहरूमा सम्बन्धित वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), र गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले स्पष्ट पार्दै जवाफ दिएका थिए।

गाउँपालिका अध्यक्ष लिङ्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक एफएमका समाचार प्रमुख तथा पत्रकार गोपाल गिरीले सहजीकरण गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *