हस्ताक्षर गर्ने कर्मचारी नहुँदा कार्यालयनै बन्द

नगारिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि इलाका प्रशासन कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चंखली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् । 

EPIC

लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । इलाका प्रशासन कार्यालय बन्द हुँदा नागरिकले नागरिकता बनाउन समेत पाएका छैनन् । अदानचुली गाउँपालिका–२ तुम्चका भक्त कुलालाले भाइ बुहारीको नागरिकता बनाउन नपाउँदा आफूहरूलाई समस्या भएको गुनासो गरे । 

EPIC EPIC EPIC

‘तुम्च गाउँबाट झन्डै ९ घण्टा हिँडेर सर्केगाड आउँदा पनि इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती खेप्नु पर्यो उनले नेपालवोटसँग भने, कर्मचारी नभएर नागरिकता वितरण बन्द भएको हो’ भने ‘नगारिकलाई सार्वजनिक सूचना जारी गर्नुपर्ने हो  तर त्यो नहुँदा हामीलाई सास्ती भयो । सुस्तापूर्वबाट बच्चा सहित नागरिकता बनाउन आएका मेरा भाई बुहारी सर्केगाड आएर नागरिकता बनाउन पाएनन अब दुई दिनको पैदल सिमकोट पुग्नु पर्ने भयो ।’ 

लामो समय लगाएर कार्यालयमा पुगेका कुलाल भन्नु हुन्छ गाउँबाट गाउँपालिका केन्द्रमा रहेको इलाका प्रशासनमा पुग्दा कम्तीमा पनि दुई–तीन हजार खर्च हुने गर्दछ । तर पनि कर्मचारी नहुनु सरोकारवाला निकायको लापर्वाही भएको हो । जसका कारण नागरिकता समेत नबन्दै घर फर्कनु परेको गुनासो स्थानीयले गरेका छन् । 

‘सदरमुकाम सिमकोट पुग्न दुई–तीन दिन लाग्छ । पहिरोले भत्काएको बाटो सहज छैन । विकल्पमा इलाका प्रशासन भए पनि कुनै काम हुँदैन, स्थानीय दन्तराज कटुवालले दुःखेसो व्यत्तः गरे । सर्केगाडको लागि गाउँपालिकाबाट सिफारिस ल्याएका उहाँले सिमकोटबाट नागरिकता लिन पुनः अर्को सिफारिस चाहिने भन्दै कार्यालय प्रति आक्रोश पोख्नु भएको छ ।

नागरिकता बनाउन सर्केगाड पुगेर खाली हात घर फिर्ता हुँदाको दुःख ताजाँकोट गाउँपालिका– ३ मासपुरका केशबहादुर रोकायाले पोख्नु भएको छ । ‘इलाका प्रशासन कार्यालयबाट नागरिकता बन्छ भनेर सर्केगाड पुग्दा कार्यालय बन्द थियो । खर्च मात्रै भयो, नागरिकता बनेन’ उनले थपे 

इलाका प्रशासन कार्यालय सर्केगाडका कामु प्रमुख भीमबहादुर रोकायाको काज अवधि साउन १६ गते सकिएपछि प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीलाई इलाका कार्यालय खटाइएको थियो । सुवेदी भदौ १ गतेदेखि ७ गतेसम्म सर्केगार्ड बसेर ६ वटा नागरिकता दिएर जिल्ला फिर्ता भएपछि थप समस्या उत्पन्न भएको बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *