Search
Close this search box.
Search
Close this search box.

हात्तीको आक्रमणबाट घाँस काट्दै गरेकी महिलाको मृत्यु

विराटनगर – हात्तीको आक्रमणबाट मंगलबार दिउँसो एक महिलाको मृत्यु भएको छ । जंगलमा घाँस काटिरहेका बेला मोरङको सुन्दरहरैँचा नगरपालिका–१० की सीता पराजुलीलाई जंगली हात्तीले हमला गरेको थियो ।

खोर्साने सयपत्री टोलकी २८ वर्षीया पराजुलीको हात्तीले ज्यान लिएको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर ऋषिराज ढकालले जानकारी दिए । उनका अनुसार लोहोन्द्रा साझेदारी वनमा पराजुलीलाई बिहान ९ बजेतिर आक्रमण गरेर घाइते बनाएको थियो । भुइँमा लडिरहेकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा उनको दिउँसो डेढ बजेतिर मृत्यु भएको हो ।

स्थानीय चूडामणि नेपालका अनुसार हरेक मंगलबार उपभोक्ताका लागि घाँस र दाउरा संकलन गर्न पाउँछन् । छरछिमेकी र गाउँलेसँगै सीता पनि घाँस काट्न साइकल लिएर जंगल गएकी थिइन् । नेपालका अनुसार जंगल गएकामध्ये सीता र उनकी छिमेकी मीरा बोगटी केराबारी–खोर्साने सडकखण्डबाट पूर्व दक्षिणतर्फ घाँस काटिरहेका बेला एक्कासी हात्तीले आक्रमण गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *