Search
Close this search box.
Search
Close this search box.

हात्तीको आक्रमणबाट झापामा दुई युवक घाइते

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च
  • हात्तीको आक्रमणबाट झापामा दुई युवक घाइते भएका छन् ।
  • हात्तीको आक्रमणबाट इलामको माइ नगरपालिका १० का विजय खाती गम्भीर घाइते, अर्जुनधारा नगरपालिका वार्ड नं १ सिस्नेका १९ बर्षिय मिलन कार्कीडोली सामान्य घाइते भएका छन्।

झापा। हात्तीको आक्रमणबाट झापामा दुई युवक घाइते भएका छन् । बुधबार बिहान करिब ६ बजेतिर बुद्धशान्ति गाउँपालिका वार्ड नं २ को बिरिङ खोलामा बिन्दुली बाँध नजिकै उनीहरूलाई हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट इलामको माइ नगरपालिका १० का विजय खाती गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ। हात्तीको आक्रमणबाट अर्जुनधारा नगरपालिका वार्ड नं १ सिस्नेका १९ बर्षिय मिलन कार्कीडोली पनि सामान्य घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बुधबारेका सई निराजन कटुवालका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका खातीलाई उपचारका लागि बिर्तामोडमा रहेको विर्तासिटी अस्पताल लगिएको छ।दुवै जना ढुंगा गिटी ढुवानीमा मजदुरको रुपमा काम गर्दै आएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *