Search
Close this search box.
Search
Close this search box.

हात्तीको आक्रमणमा ज्यान गुमाउने कचनकवलकी राजवंशीको ऋण कर्णालीले गर्‍यो मिनाहा

झापा।

कर्णाली बचत तथा ऋण सहकारी संस्थाले स्व. केलावति राजबंशीको चौथो पुण्यतिथिको अवसरमा उनलाई कर्णालीबाट लिएको रु १,००,००० ऋणमध्ये रु ७५,६०० मिनाहा गरेको छ। कर्णाली सहकारीका उपाध्यक्ष रामकुमार गैतमले संस्थाको निर्णय पत्र वाचन गरी ऋण मिनाहाको घोषणा गरेका थिए।

EPIC EPIC EPIC

कार्यक्रममा केन्द्रका सचिव भूपाल बस्नेतले स्व. राजबंशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समवेदना पत्र वाचन गरेका थिए। मृतक परिवारलाई सहकारीको नियमअनुसार रु ६,००० पनि हस्तान्तरण गरिएको थियो।

उक्त कार्यक्रममा बनियानि सेवा केन्द्रका संयोजक, सहकारीका कर्मचारी तथा सेयर सदस्यहरू बाक्लो उपस्थिति रहेको थियो।

गत पुस ७ गते तारावनामा बनमा बन ड्युटी गरेर फर्किने क्रममा स्थानीय महिलाहरूको समूहलाई जङ्गली हात्तीले आक्रमण गर्दा केलावति राजबंशीको निधन भएको थियो।

हात्तीको आक्रमणले उनको बायाँ हातमा गहिरो चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको थियो। गम्भीर घाइते अवस्थाको उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *