Search
Close this search box.
Search
Close this search box.

हात्तीको ‘ हटस्पट ’ बन्दै बेलबारी, स्थानीय रातभर जाग्राम

बेलबारी । मोरङको बेलबारी नगरपालिका पछिल्लो दुई सातायता हात्तीको ‘ हटस्पट ’ बनेको छ । बेलबारीका वडा नम्बर १०,४,८,१,३ र ११ सबैभन्दा बढी हात्ती प्रभावित बनेका छन् ।


१५ दिनअघि देखि साँझ पर्नेबित्तिके किसानले लगाएको बालीनालीमा छिरेर नष्ट गर्ने र बिहान राजमार्ग र आसपासका सामुदायिक बनमा छिरेर बस्ने कारण रातदिन यस क्षेत्रका बासिन्दा आर्जित भएका छन्।

किसानले लगाएका बालीनाली हात्तीले सखाप पारेको छ । यसबाट लाखौको क्षति भएको छ । स्थानीयका घरदेखि बिभिन्न भौतिक संरचना समेत हात्तीले ध्वस्त बनाएको छ ।


रातभर हात्तीको त्रासले यस क्षेत्रका बासिन्दा जाग्राम बस्न बाध्य भएका छन । हात्तीको हुल नै गाँउ पसेर बिध्वंस मच्चाईरहेको छ । स्थानीयले यस क्षेत्रबाट हात्ती धपाउन बारम्बार सम्बन्धित पक्षसँग गुहार मागिरहेका छन । तरपनि हात्तीलाई यस क्षेत्रबाट धपाउन सकिएको छैन ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *