हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न गाउँपालिकालाई एमालेको ध्यानाकर्षण

बुद्धशान्ति – दिनहुँ जसो हुने हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेकपा एमाले बुद्धशान्तिले बुद्धशान्ति गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीले त्यस्तो ध्यानाकर्षण गरेको हो । ‘झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा विगत लामो समयदेखि जंगली हात्तीको आतंकबाट सर्वसाधारण आजित बनेका छन् । दिनहुँ जसो जंगली हात्ती गाउँ प्रवेश गरी स्थानीयको अन्नवाली, घर तथा भौतिक सम्पत्तिमा क्षति पु¥याइरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ‘त्रासमा सर्वसाधारण बाच्नुपरिरहेको सन्दर्भमा स्थानीय निकाय बुद्धशान्ति गाउँपालिकाबाट हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी अल्पकालिन तथा दीर्घकालिन योजना नआएको प्रति हाम्रो पार्टी नेकपा एमालेको गम्भिर ध्यानाकर्षण भएको छ ।’

EPIC EPIC EPIC

सचिव धरणिधर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा दिनहुँजसो हुने हात्ती आतंक समस्या न्यूनिकरण र समाधानका लागि प्रभावकारी अल्पकालिन तथा दीर्घकालिन योजना ल्याइ कार्यान्वयन गर्न, पिडीत नागरिकलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, हुनसक्ने मानविय क्षतीको संवेदनशिलता प्रति गम्भिर हुन बुद्धशान्ति गाउँपालिकाको ध्यानाकर्षण गरिएको हो ।

जंगली हात्तीले बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २,३ र ५ का सर्वसाधारणको घर, भौतिक सम्पत्ति र अन्नवालीमा दिनहुँ जसो क्षति पु¥याउने गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *