गत बैशाख ९ गते हात्ती आक्रमणमा परी ज्यान गुमाएका भिमबहादुर भट्टराईको परिवारले १२दिनपछि किरिया खर्च पाएका छन् ।
बुधबार अपरान्ह किरिया खर्च बापत ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको जिल्ला वन कार्यलयका प्रमुख मेघराज राईले बताए।
‘किरिया खर्च बापतको ५० हजार अहिले हस्तान्तरण गर्यौ, बाँकी साढे ९ लाख रुपैयाँ अरु पकृया पुरा भएपछि उपलब्ध गराउनेछौं’ उनले भने।
झापा बुद्धशान्तिमा गत बैशाख ९ गते बिहान मकैबारीमा हात्तीको आक्रमणमा परी भट्टराईको ज्यान गएको थियो।
१४ जङ्गली जनावरको आक्रमणमा परी ज्यान गुमाउनेलाई सरकारले क्षतिपूर्ति स्वरुप १० लाख दिने व्यवस्था छ।