हास्यकलाकार गजुरेलको आईसीयूमा उपचार हुँदै

काठमाडौं। हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आईसीयूमा राखेर उपचार थालिएको छ। बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उनको उपचार भइरहेको छ।

EPIC

कोरोना संक्रमण भएपछि होम आइसोलेनसमा बसेका उनको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हिजो बिहीबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि आईसीयूमा राखेर उपचार भइरहेको सशस्त्र प्रहरी अस्पतालले जनाएको छ। अहिले उनलाई रेम्डेसिभिर औषधि दिन सुरु गरिएको अस्पतालको कोभिड- १९ शाखाले जनाएको छ। यद्यपि, स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालले जनाएको छ।

गजुरेललाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा उनलाई पनि संक्रमण भएको बताइएको छ। संक्रमितको भएकोबारे उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।

उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो। उनले आफ्ना दाजुलाई अस्पताल लैजाने र घर ल्याउन गरेका थिए। त्यही बेला सामान्य टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने समस्या भएपछि उनले पीसीआर परीक्षण गराएका थिए। उनका दाजु र उनलाई पोजिटिभ देखिएपछि होम आइसोलेनसमा बसेका थिए।

EPIC EPIC EPIC

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar