Search
Close this search box.
Search
Close this search box.

हुम्लाको एउटै गाउँबाट ४९ लाखको जटामसी संकलन

हुम्लाको एउटै गाउँका स्थानीयले उनाइचास लाख भन्दा बढी मूल्यको जडीबुटी सङ्कलन गरेको पाइएको छ । खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँका स्थानीयले उक्त मूल्यको जडीबुटी सङ्कलन गर्नु भएको हो । 

उक्त गाउँका स्थानीय टेकबहादुर बुढाले यस वर्ष राँया गाउँवासी मिलेर सत्तरी क्विन्टल जटामसी सङ्कलन गर्न सफल भएको बताउनुभयो । यद्यपि गत वर्ष भन्दा यो कम परिमाणको जडीबुटी सङ्कलन भएको हो । हाल गाउँमा  जटामसीको प्रतिकेजी सत्तरी हजार रुपियाँ मूल्य पर्ने गर्छ । उहाँले उक्त परिमाणको जडीबुटीको मूल्य उनाइचास लाख हुने बताउनुभयो । 

वडा अध्यक्ष च्यागा बोहराले यस वर्ष स्थानीयले एक केजीदेखि एक सय दश केजीसम्म जटामसी सङ्कलन गरेको बताउनुभयो । उहाँले विगतका वर्ष भन्दा यस वर्ष जटामसी सङ्कलन कार्य कम भएको कारण आम्दानी भने घटेको बताउनुभयो । यो जटामसी स्थानीय सुकाएर तयार पारी बिक्रीका लागि तयारी अवस्थामा राखेको र व्यापारीहरू समेत सम्पर्कमा आई सकेको उहाँले बताउनुभयो । तीन सय घरधुरी रहेको राया गाउँका स्थानीयको आम्दानीको मुख्य श्रोतका रूपमा जडीबुटीलाई लिइन्छ । सोगाउँमा तीन सय भन्दा बढी घरधुरी रहेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *