हेटौंडामा एक करोडको लागतमा गुम्बा बनाइँदै

हेटौंडा। मकवानपुरको हेटौँडामा एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गरेका छन्।

EPIC

हेटौंडा उपमहानगरपालिका-१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको एक करोड रूपैयाँको सहयोगमा उक्त गुम्बा निर्माण सुरु भएको बताइएको छ।

उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यकता रहेको प्रमुख महतले बताए।

भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण निर्माण हुन सकेको थिएन।

EPIC EPIC EPIC

पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उनको भनाइ थियो।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar