Search
Close this search box.
Search
Close this search box.

होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

पोखरा । होमवर्क नगरेको र अक्षर नराम्रो भएको भन्दै विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा कास्कीको बोर्डिङ स्कुलका एक शिक्षक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–३२ मा रहेको युनिभर्स इंग्लिस बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेको आरोपमा सोही स्कुलका शिक्षक सुदिप अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

जेठ ३ गते बालकको संवेदनशिल भागमा लठ्ठी प्रहार गरी घाइते बनाएको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।

पक्राउ परेका अधिकारीविरुद्ध बालबालिका सम्बन्धी ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *