Search
Close this search box.
Search
Close this search box.

१० महिनामा पुँजीगत खर्च ३७ प्रतिशतमात्रै

काठमाडौं। चालु आर्थिक वर्ष २०८०/०८१ दुर्ई महिनामात्रै बाँकी रहेकोमा हालसम्म ३७ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु वर्षमा तीन खर्ब दुर्ई अर्बको पुँजीगत खर्च विनियोजन गरिएकोमा सो अवधिमा एक खर्ब ११ अर्ब रुपैयाँको मात्रै खर्च भएको हो । गत आर्थिक वर्ष १० महिनामा एक खर्ब २५ अर्ब पुँजीगत खर्च भएको थियो ।  चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएकोमा १० महिनामा कुल विनियोजित बजेटमध्ये १० खर्ब ५६ अर्ब रुपैयाँमात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, सरकारले सार्वजनिक वित्त व्यवस्थापनतर्फ तीन खर्ब सात अर्ब विनियोजना गरेकोमा १० महिनामा ६२ प्रतिशत अर्थात् एक खर्ब ९२ अर्ब खर्च भएको छ । गत वर्षको १० महिनाको अवधिको तुलनामा भने खर्च ४२ प्रतिशतले बढी हो । गत वर्ष उक्त शीर्षकमा एक खर्ब ३५ अर्ब भएको थियो । यस वर्ष चालु खर्च पनि चार प्रतिशतले घटेको छ । गत वर्ष १० महिनामा सात खर्ब ८६ अर्ब चालु खर्च भएकोमा अहिले सात खर्ब ५२ अर्बमात्रै भएको छ । सरकारले चालु आर्थिक वर्ष चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब विनियोजन गरेको थियो ।

EPIC EPIC

त्यसैगरी राजस्व पनि लक्ष्यअनुसार असुली हुन सकेको छैन । सरकारले यस वर्ष ४१ प्रतिशतको राजस्व वृद्धिको अनुमानसहित १४ खर्ब २२ अर्ब संकलन हुने लक्ष्य लिएकोमा १० महिनामा ५८ प्रतिशतमात्रै अर्थात् आठ खर्ब ३१ अर्बमात्रै राजस्व संकलन भएको छ भने राजस्व वृद्धिदर पनि १० प्रतिशतमात्रै रहेको छ । वैदेशिक सहायताअन्तर्गत अनुदान प्राप्ति १० महिनाको अवधिमा जम्मा ५.५२ प्रतिशत भएको छ ।

४९ अर्ब रुपैयाँ अनुदानको प्रतिबद्धतामा १० महिना सकिँदा दुर्ई अर्ब ७५ करोडमात्रै प्राप्ति भएको हो । जुन गत वर्षको १० महिनाको तुलनामा ४२ प्रतिशत कम हो । बेरुजु असुलीसहित अन्य प्राप्ति ३८ प्रतिशतले घटेको छ भने अन्य प्राप्तिबाट गत वर्ष १० महिनामा ३६ अर्ब संकलन भएकोमा अहिले २२ अर्बमात्रै संकलन भएको छ ।

यसैबीच वैदेशिक लगानी सहजीकरणका लागि स्वचालित मार्ग सञ्चालनमा आएको दुर्ई हप्तामै दुई अर्ब १५ करोड ८९ लाख ८० हजार रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ । तेस्रो लगानी सम्मेलनका अवसरमा उद्योग विभागले गत वैशाख १७ गतेबाट ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्गबाटै स्वीकृत गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको थियो । विभागका अनुसार विभिन्न २१ परियोजनामा उक्त लगानी प्रतिबद्धता आएको हो ।

लगानी सम्मेलनको महिना अर्थात् वैशाखमा विभागमा १३ अर्ब ८५ करोड ९६ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । वैशाखमा कागजी प्रक्रियाबाट ११ अर्ब २८ करोड ५७ लाख विदेशी लगानी स्वीकृत भएको छ । विभिन्न ३८ परियोजनामा उक्त लगानी स्वीकृत भएको हो । सेयर पर्चेज एग्रिमेन्ट र सेयर सबस्क्रिसन एग्रिमेन्टबाट ४१ करोड ५० लाख लगानी प्रतिबद्धता आएको छ । उल्लेखित सबै माध्यमबाट १० महिनामा ५२ अर्ब ६५ करोड ३७ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।
थप सामग्री : https://ehimalayatimes.com/2024/05/229294/

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *