Search
Close this search box.
Search
Close this search box.

११ अंकले घट्यो नेप्से, १ सय १५ कम्पनीका लगानीकर्तालाई घाटा

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ११ दशमलब ६० अंकले घटेको छ । २ हजार ७ सय ७१ दशमलब ७६ बिन्दुबाट सुरु भएको कारोबार ० दशमलब ४२ प्रतिशतले घटेर २ हजार ७ सय ५७ दशमलब ५३ बिन्दुमा पुगेर बन्द भएको हो ।

बजार घटेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलब ७५ अंकले घटेर ५ सय १८ दशमलब २५ बिन्दुमा पुगेको छ ।

EPIC EPIC EPIC

आज कारोबारमा आएका २ सय २५ वटा कम्पनीको ४ अर्ब ३५ करोड ७३ लाख रुपैयाँ बराबरको ७८ लाख ९४ हजारभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका २ सय २५ वटा कम्पनीमध्ये ६२ वटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने १ सय १५ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । साथै, नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *