Search
Close this search box.
Search
Close this search box.

१३औं सागको खर्च विवरण सार्वजनिक

काठमाडौँ / गत वर्ष नेपालमा आयोजना गरिएको १३औं दक्षिण एसियाली खेलकुद(साग)को खर्च विवरण सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । 

राखेपका सदस्य सचिव रमेस सिलवालले सार्वजनिक गरेको सो विवरणमा कार्यक्रमतर्फ १ अर्ब, ३१ करोड, ७८ खाख, ४३ हजार ६१ रुपैयाँ साथै निर्माणतर्फ २ अर्ब, ८६ करोड, १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको देखिएको छ। पोखरा र जनकपुरमा भएको खर्च विवरण भने कोरोना महामारीका कारण समयमा सार्वजनिक गर्न असमर्थ रहेको पनि बताएका छन् । 

नेपालले १३ औँ सागमा हालसम्मकै सर्वाधिक स्वर्ण जित्न सफल भएको थियो । जसमा नेपालले ५१ स्वर्ण पदक, ६० रजत र ९६ काँस्य पदक गरि कुल २०७ पदक जितेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *