१४९ पदमा दलित महिला सदस्यको उम्मेदवारी नै परेन

वैशाख ३० मा हुने स्थानीय तह चुनावमा उम्मेदवार बनेकाहरूको अन्तिम सूची सार्वजनिक हुँदा १४९ पदमा दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको पाइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका १४९ वडामा दलित महिला सदस्यका लागि उम्मेदवारी परेको छैन । उम्मेदवारी नपरेपछि ती पद रिक्त रहने आयोगले जनाएको छ ।

कुल ६७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको छ । हरेक वडामा एक जना दलित महिला सदस्यका लागि पद आरक्षित गरिएको छ । पहिलो पटक २०७४ को चुनावमा यो व्यवस्था गरिएको थियो ।

EPIC EPIC EPIC

वडाध्यक्षसहित एक वडामा ५ जनाको समिति हुन्छ । तीमध्ये एक जना दलित महिला सदस्य र एक महिला खुला सदस्य रहने व्यवस्था छ । दुई जना सदस्य भने खुलाबाट निर्वाचित हुन्छन् । एक अध्यक्ष पनि खुला हुन्छ ।

दलित समूदायलाई राजनीतिक मुलधारमा ल्याउन यो व्यवस्था गरिएको हो । तर, कुनै वडामा दलितको बस्ती नै नभएका कारण पद रिक्त हुनेगरेको छ । २०७४ को चुनावमा पनि १५० भन्दा धेरै पद रिक्त रहेका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *