गोरखा । गोरखाबाट झण्डै १५ किलो लागूऔषध चरेससहित एकजना महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा धार्चे गाउँपालिका लाप्राककी ४३ वर्षिीया कोपिला गुरुङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार राति लाप्राकबाट गोरखा सदरमुकाम आउँदै गरेको बा २० च ९३३२ नम्बरको जिपमा चढेर आएकी ती महिलाले बोराभित्र चरेस लुकाएर ल्याएकी थिइन् । करिब साढे एक बजे चनौटे आइपुगेको उक्त जिपलाई चेकजाँच गर्ने क्रममा चरेससहित उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकी महिलाविरुद्ध बिहीबार लागू औषध चरेस शिर्षकमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।