१५ हजार घुस लिँदै गर्दा खरदार शाह र लेखापढी व्यवसायी कुशवाहा पक्राउ

screenshot 20230402 190744 chrome

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घुस लिएको आरोपमा रकमसहित बाराबाट एक जना खरदार र लेखापढी कानून व्यवसायीलाई पक्राउ गरेको छ ।

EPIC

मालपोत कार्यालय बाराको राजश्व फाँटमा कार्यरत रामविश्वास साह कानु र लेखापढी कानून व्यवसायी गौरीशंकर कुशवाहालाई पक्राउ गरेको हो ।

EPIC EPIC EPIC

जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटालो बाराको कलैयामा स्ट्रिङ अप्रेसन सञ्चालन भएको पुष्टी गरे ।

उनले १५ हजार घुस रकम सहित दुईजनालाई पक्राउ गरिए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *