१६ लाख बढी रकम संकलन हुँदा समेत आएन बुद्धशान्तिमा शव-वाहन

बुद्धशान्ति । झापा बुद्धशान्तिका केही युवाहरुको समूहले केही समय अधि बुधबारेमा शव वहान खरिद गर्ने उद्धेश्यले जोइन्ट हेण्ड युथ सोसाईटी नामक संस्था नै दर्ता गरेर रकम संकलन गर्न सुरु गर्यो । उक्त संस्था बुद्धशान्ति गाउँपालिकामा नै दर्ता भएको छ ।

स्थानीय तथा देशैभर अपिल गर्दै देश तथा विदेशबाट शव वहान खरिदका लागि भन्दै १४ लाख ९१ हजार ४ सय ३२ रुपैँया र वहान सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न भन्दै २ लाख ७८ हजार २ सय रकम संकलन भएको संस्थाले आफ्नो फेसवुक पेज तथा पत्रपत्रिकामा सार्वजनिक पनि गर्यो ।

EPIC EPIC EPIC

महिला चेम्वर बुद्धशान्तिले समेत सामाजिक उत्तरदायित्व भन्दै प्रत्येक सदस्यहरुबाट रु १०० रकम संकलन गरि हस्तान्तरण गर्ने समितिवाटै निर्णय गर्दै अभियान संकलन गरिएको विभन्न पत्रपत्रिकामा छापिएको थियो ।

स्थानीय सञ्जील प्रसाईंको अध्यक्षतामा खोलिएको संस्था यतिवेला नाम मात्रैको संस्थाको रुपमा रहेको छ । नत शव वहान खरिद भयो न त संकलित भएको रकमको हिसाव किताव नै सार्वजनिक भयो ।

प्रसाईं अध्यक्ष रहेको संस्थामा उपाध्यक्षमा अनिल वाग्ले, सचिव गोकुल पौडेल, कोषाध्यक्षमा प्रवेश भट्टराई, सदस्यहरुमा रुद्र निरौला, पवन खनाल, रमेश तिम्सिना, संजिव क्षेत्री, केशव तिम्सिना, गंगाराम भट्टराई र दिवस शिवाकोटी रहेका छन् ।

त्यस्तै सल्लाहकार समितिमा सुसिला तिवारी, गोपाल काफ्ले, दुर्गा प्रसाद कुँईकेल, सुरेन्द्र विष्ट, प्रवेश खड्का र बुद्धिमा लिम्बु रहेका छन् । तर यतिवेला नाम मात्रको समिति रहेको छ ।

यतिवेला संस्थाको नाम भएको साइन वोर्ड मात्र बुद्धशान्ति गाउँपालिकाको उत्तरपट्टी ठढिरहेको छ ।

शव वहान खरिदको अन्तिम चरणमा भन्दै विभन्न सञ्चारमाध्यममा सूचना समाचार आएतापनि अझैसम्म शव वहान खरिद नभएको भन्दै दाताहरुले गुनासो पोख्न थालेका छन् ।

बुद्धशान्ति ४ का अर्जुन म्याङ्बोले आफ्नो सहयोगको अवमूल्यन भएको गुनासो गरे। “शव-वहान खरिदका लागी भनेर आँखा चिम्लिएर सहयोग गरियो तर संस्थाको नाम निशाना देखिदैन, आउँछ-आउँदैन केहि पत्तो छैन” उनले भने।

बुद्धशान्ति ३का मनिष खतिवडाको पनि गुनासो उस्तै छ। उनि भन्छन्, “युवाहरुले गरेको काम पारदर्शि हुनपर्यो, शव वाहन नआउने हो भने हिसाबकिताब सार्वजनिक गर्नुपर्छ सर्वसाधारणको मन जित्नेगरी काम गरेर उदाहरणिय बन्ने बेलामा यो शंकास्पद भइगयो नि।”

जोइन्ट हेन्ड युथ सोसाइटीले शव वहान खरिदकै लागि भनेर २०७८ असार १० गते विर्तामोडको फोर्स स्वरुमलाई भन्सार छुटको अनुमति पत्र हस्तान्तरण गरेको तस्वीर समेत संस्थाको आधिकारीक पेजमा सार्वजनिक गरेको देखिन्छ ।

साथै २०७८ असार ८ गते नै ‘यसै महिना विरगञ्ज नाका हुँदै शव वहान भित्रिने’ सूचना समेत सार्वजनिक गरेता पनि आजसम्म शव वहान खरिद गरेर ल्याउन सकिरहेको छैन ।


सामाजिक सेवा गर्ने भनेर खोलिएको संस्थाले यसरी ४ वर्ष वितिसक्दा पनि बुधबारेमा शव वहान ल्याउन सकेन ।

संस्थाका अध्यक्ष संजिल प्रसाईसँग कुरा गर्दा आफुहरुले सम्पूर्ण प्रक्रिया पुरा गरीसकेर पनि शव बहान ल्याउन नसकेको स्वीकारेका छन्। उनले विभिन्न क्षेत्रबाट संकलित रकम बिर्तामोड स्थित आरति बुद्ध अटो मोबाइल्सलाई शव-वहान खरिदका लागी जिम्मा लगाइएको तर शो-रुम संचालकले सवारी ल्याउन आनाकानी गरेको बताए।

उनका अनुसार स्वास्थ मन्त्रालय र भन्सार छूटका प्रक्रिया पनि पुरा भइसकेको छ।

उनी भन्छन, “हामिले स्वास्थ्य मन्त्रालयबाट आवश्यक पर्ने सिफारिस र भन्सार छुटको प्रमाण समेत जुटाएर शो-रुमलाई सवारी ल्याउन जिम्मा दिएका छौं, १० लाख ६० हजार रुपैयाँ समेत ८ महिना अघि जिम्मा लगाएका हौं तर अनेक बहाना देखाउदै शव-वहान आएको छैन”।

“शो-रुमसँग सम्पर्क गर्दा यिनीहरुले खालि आलेटाले गर्छन, कहिले १ महिना त कहिले १५ दिन, तर गाडी ल्याउन सकेनन” अध्यक्ष प्रसाईंले आक्रोश पोखे।

संस्थाले पटक पटक आरती बुद्ध अटो मोबाइल्सका संचालक टिका ओडारीसग सम्पर्क गर्न खोज्दा फोन नउठाएको अध्यक्ष प्रसाईंको आरोप छ।

जोइण्ट हेण्ड युथ सोसाइटीले ३ किस्ता गरेर १० लाख ६० हजार रुपैयाँ आरति बुद्ध अटो मोबाइल्सलाइ बुझाएको देखिन्छ।

                

यता शोरुम व्यवस्थापकले पुरा रकम प्राप्त भई नसकेकाले पनि केहि ढिलाई भएको बताए। शो रुम संचालक टिका ओडारीको फोन नउठेपछि व्यवस्थापक बिबेक निरौलालाई हामीले सम्पर्क गर्दा अब छिट्टै नै शव-वहान आउने पुरानै उत्तर दिएका छन्।

एल सि टाइट भएर सवारी आउन नसकेको भन्दै ब्यवस्थापक पन्छिन खोजेका थिए। हामीले चैत्र यता भएको यो प्रावधानले तपाईंहरुलाई कसरि गार्हो बनायो भनेर प्रतिप्रश्न गरेपछि उनले अन्य बहाना बनाउदै तर्कन खोजेका छन।

“धेरै कारणले गर्दा ढिला भएको हो,एल सि टाइट थियो त्यसपछि शव-बहान र एम्बुलेन्स लेखिनुपर्नेमा शव-वहान मात्रै लेखिएको थियो त्यो भएर पनि ढिला भएको हो,म तपाईंलाई आधा घन्टामा फोन गरेर गाडि ठ्याक्कै कहिले आउने हो कन्फर्म गर्छु है” भन्दै फोन सम्पर्कबाट बिदा भएका व्यवस्थापकले झन्डै ४ घन्टापछि यो समाचार तयार गर्दा समेत कुनै सम्पर्क गरेका छैनन् ।

जोइन्ट हेन्ड युथ सोसाइटीले सम्पुर्ण काम सकेर रकम खरिदकर्तालाई जिम्मा लगाएको भनिएपनि सस्थाले लापरबाही गरेको देखिन्छ। कृषक, शिक्षक, व्यवसायी,  जनप्रतिनिधि, कर्मचारी र स्थानियबाट संकलित रकमबाट शव-वाहन खरिद गर्ने भनि पटक-पटक सुचना जारी गर्ने तर काम सम्पन्न नहुँदा सर्वसाधारणलाई गुमराह राख्नुले पक्कै राम्रो सन्देश जाँदैन। बुद्धशान्तिका आशलाग्दा भनिएका युवा जमातको सत प्रतिशत उपस्थिति रहेको संस्थाले नै यसरी अपरिपक्व काम गरेपछि अरुबाट के अपेक्षा गर्न सकिएला।

 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

One Response

  1. याे कुराकाे सत्य तथ्य बुझन चाहाने जाे कसै ले आरती बुद्ध अटाेमाेबायल्सकाे कार्यलय विर्तामोड ०२३५४५४५२ मा सम्पर्क गर्नुहुन अनुराेध छ। तथ्यहिन यस्ताे हावा समाचारका पछाडि नलागाै ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *