Search
Close this search box.
Search
Close this search box.

१ करोड २१ लाख आम्दानी गरेको बिर्तामोड झापा कपको २८ लाख बचत

बिर्तामोड । झापा ११ फुटबल क्लबको आयोजनामा गत मंसिर २९ देखी पुस ८ गतेसम्म संचालन भएको बिर्तामोड झापा कपले २८ लाख ३० हजार नगद रकम बचत गरेको छ ।

आयोजक समितिले बिर्तामोड आज पत्रकार सम्मेलन गर्दै बिर्तामोड झापा कपको हिसाब सार्वजनिक गरेको हो ।

EPIC EPIC EPIC

१ करोड २१ लाख २ हजार ४ सय ४ रुपैयाँ कुल आम्दानी गरेको बिर्तामोड झापा कपले २८ लाख ३० हजार ८ सय ७३ रुपैयाँ नगद बचत गरेको प्रतियोगिताका सचिव चेतामनी खनालले जानकारी दिनुभयो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा संचालन भएको प्रतियोगितामा ७३ लाख ८१ हजार ५ सय ३१ रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो ।

बिर्तामोड झापा कपको दोस्रो संस्करणको समेत प्रतियोगिताको समापनकै दिन घोषण गरिएको छ ।

पत्रकार सम्मेलनमा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ, प्रतियोगिता संयोजक केशवराज ढुङ्गेल, झापा जिल्ला फुटबल संघका अध्यक्ष प्रशान्त भण्डारी लगायतको उपस्तिथि थियो । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, बिनिसा शर्मा लगायत, सचिव प्रदिप परियार, सहसचिव तिलक याेञ्जन लगायतका पत्रकार सहभागी थिए । 

प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको थियो । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख पाएको थियो । प्रतियोगिको उपविजेता बनेको एनआरटी क्लबले ५ लाख रुपैयाँ पाएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *