Search
Close this search box.
Search
Close this search box.

१ बजे नेकपा सचिवालय, २ बजे मन्त्रिपरिषद्

काठमाडौँ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक दिउँसो एक बजे बालुवाटारमा बस्ने भएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत् सचिवालय बैठक निर्धारित समयमै बस्ने जानकारी गराएका हुन्।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो दुई बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

पार्टीमा देखिएको विवादका कारण नेकपा सचिवालयको बैठक र मन्त्रिपरिषद्को बैठक जुधाइएको थियो। एक बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक दुई बजेका लागि सारिएको छ।

त्यस्तै पर्यटनमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले बुधबार बिहानै ‘सर्वाधिक कठिन समय’, भनेर सामाजिक संजालमा लेखेका छन्।

नेकपाको अघिल्लो सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध पेश भएको प्रस्ताव फिर्ता लिनुपर्ने अध्यक्ष ओली पक्षको अडान र प्रस्ताव फिर्ता नलिने प्रचण्डपक्षको अडानका कारण आजका लागि बोलाइएको बैठक नेकपा नेता तथा कार्यकर्ताहरुका लागी महत्वपूर्ण हुने आँकलन गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *