२० बर्ष पछि भेटिएका बुद्धशान्तिका राजनलाई युवाको पहलमा स्वदेश ल्याईंदै

तीर्थ तिम्सिना, झापा – झापा बुद्धशान्ति – १ देउरालीका राजन राई (राजु)लाई भारतको मुम्बईमा भेटिएको खवर सुनेपछी आफ्नै ठाउँका युवाहरु उद्दार गर्न लागि परेका छन् ।

EPIC

विगत २० बर्ष पहिलेदेखि हराईरहेका राजन भेटिएको खबर सुनेपछी स्थानीय युवाहरुको एक भेलाले प्रकाश भण्डारीको संयोजकत्वमा राजन राई (राजु) उद्वार तथा उपचार समुह गठन गरि उद्दार गर्न लागि परेका छन् ।

भेटिएका राजन प्यारालाइसिस भएकाले हिड्न सक्दैनन् । उनको उपचारका लागि समितिले करिब ८०,०००/-रुपैयाँ सहयोग रकम संकलन गरिसकेको समितिका सचीव केशब खुलालले बताएका छन् ।

राजनलाई पहिलो पटक भेटाएर सामाजिक संजालमा खोजिका लागी भिडियो अप्लोड गर्ने सेख अलि नैसेन, मुम्बई बसोबास गर्दै आउनुभएका देवि गिरि, बिबेक भण्डारी , अमेरिका रहेका दुर्गा मगर लगायत सहयोग गर्ने सम्पुर्ण नेपाली सहयोगी मनहरु संयोजक भण्डारीले धन्यवाद दिएका थिए ।

EPIC EPIC EPIC

उनले राजनलाई नेपाल भोलि ल्याएर थप उपचार गर्ने समेत बताए । यसका लागि केही कसैले सहयोग गर्न चाहेमा समितिलाई सम्पर्क गरि सहयोग गर्न सकिने समेत बताइएको छ ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar