Search
Close this search box.
Search
Close this search box.

२१ बर्ष पछि भेटिएका बुद्धशान्तिका राजनलाई स्थानीय युवाको पहलमा स्वदेश ल्याइयो

झापा – झापा बुद्धशान्ति – १ देउरालीका राजन राई (राजु)लाई भारतको मुम्बईमा भेटिएको खवर सुनेपछी आफ्नै ठाउँका युवाहरु लागिपरेर उद्दार गरेका छन् । समितिले शुक्रबार राजनलाई स्वदेश ल्याउन सफल भएका छन् ।

विगत २० बर्ष पहिलेदेखि हराईरहेका राजन भेटिएको खबर सुनेपछी स्थानीय युवाहरुको एक भेलाले प्रकाश भण्डारीको संयोजकत्वमा राजन राई (राजु) उद्वार तथा उपचार समुह गठन गरि उद्दार गरेका हुन् ।

भारतमा भेटिएका राजन प्यारालाइसिस भएकाले हिड्न सक्दैनन् । उनको उपचारका लागि समितिले करिब ८०,०००/-रुपैयाँ सहयोग रकम संकलन गरिसकेको समितिका सचीव केशब खुलालले बताएका छन् ।

राजनलाई पहिलो पटक भेटाएर सामाजिक संजालमा खोजिका लागी भिडियो अप्लोड गर्ने सेख अलि नैसेन, मुम्बई बसोबास गर्दै आउनुभएका देवि गिरि, बिबेक भण्डारी , अमेरिका रहेका दुर्गा मगर लगायत सहयोग गर्ने सम्पुर्ण नेपाली सहयोगी मनहरु संयोजक भण्डारीले धन्यवाद दिएका थिए ।

राजनलाई आज नेपाल ल्याइएको हो ।उनलाई अब थप उपचार गर्ने समेत बताइएको छ । यसका लागि केही कसैले सहयोग गर्न चाहेमा समितिलाई सम्पर्क गरि सहयोग गर्न सकिने समेत बताइएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *