काठमाण्डाै – पछिल्लो २४ घण्टामा झण्डै ६ लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ लाख ८८ हजार ४ सय ४० जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
यो सहित नेपालमा अहिलेसम्म तीन करोड ३८ लाख २६ हजार ३ सय ३० मात्रा खोपको प्रयोग भएको छ । जसमा १ करोड ७७ लाख ४० हजार ८ सय ३५ जनाले पहिलो मात्रा, १ करोड ५४ लाख ८२ हजार ८७ जनाले पूर्ण मात्रा र ६ लाख तीन हजार ४ सय ८ जनाले अतिरिक्त मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १ हजार ७ सय १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
आरडीटी, पीसीआर र एन्टिजेन गरी ८ हजार ५ सय १३ जनामा परीक्षण गरिएकोमा १ हजार ७ सय १४ जना कोरोनाका नयाँ सक्रमित थपिएका हुन् । २४ घण्टामा ४ हजार ७ सय ७१ जना कोरोना संक्रमित निको भएका छन् । २४ घण्टामा ९ जनाले ज्यान गुमाएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ८ सय ३ जना पुगेको छ । नेपालमा अहिले ५२ हजार ७ सय ८० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।